काठमाडौं । इजरायल ले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरी मारिएको दाबी गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्ज का अनुसार ताङसिरी हर्मुजको जलडमरूमध्य क्षेत्रमा बम विस्फोट तथा अवरोधजस्ता गतिविधिमा प्रत्यक्ष संलग्न थिए र उनीमाथि गरिएको आक्रमणमा मृत्यु भएको दाबी गरिएको छ।

advertisement

उनले उक्त कारबाहीमा ताङसिरीसहित इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का अन्य वरिष्ठ नौसेना अधिकारीहरू पनि मारिएको बताएका छन्। तर यसबारे इरान ले अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन।

को हुन् ताङसिरी?

अलिरेजा ताङसिरी सन् २०१८ मा आईआरजीसीको नौसेना कमान्डर नियुक्त भएका थिए। त्यसअघि उनी सन् २०१० देखि सोही निकायमा उपकमान्डरको रूपमा कार्यरत थिए।

सन् २०१९ मा उनले इरानको तेल निर्यातमा अवरोध भए हर्मुजको जलडमरूमध्य बन्द गर्न सकिने चेतावनी दिएका थिए, जसले अन्तर्राष्ट्रिय स्तरमा ठूलो चर्चा पाएको थियो।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com