काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् ।
नेपाल काँग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए ।
यसअघि दीपक मनाङे एमाले र काँग्रेस दुवैको सहयोगमा प्रदेश सभामा निर्विरोध निर्वाचित भइसकेका छन् । उनी यसअघि कुनै पनि पार्टीमा खुलेका थिएनन् ।
प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार
प्रतिक्रिया