काठमाडौ । दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटना गएराति भएको थियो र यसमा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको छ।
मोटरसाइकल चालक घोराही–१० का धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् र उनी हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया