काठमाडौं। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सिफारिसमा १४ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा १०८ जना बटुकले स्वस्तिक वाचन, १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन र ७ जना ब्राह्मणले शंखनाद गरेर सनातन परम्पराअनुसार सम्पन्न गरिएको थियो ।

advertisement

बालेन सरकारका मन्त्रीहरूको सूची यस प्रकार छः

बालेन्द्र शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष रहेका छन् र उनीले रक्षा मन्त्रालय तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समेत आफैं सम्हाल्ने छन् । स्वर्णिम वाग्ले अर्थ मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सोविता गौतम कानून, न्याय तथा संसदीय मामिला मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुधन गुरुङ गृह मन्त्री, प्रतिभा रावल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, दीपक कुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र निशा मेहता स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्री बनेका छन् ।

रास्वपाले एकल बहुमत प्राप्त गरेपछि बालेन शाहको नेतृत्वमा पूर्ण रूपमा रास्वपाकै मन्त्रीहरू सम्मिलित सरकार गठन भएको छ । शपथ ग्रहणपछि नयाँ सरकारले औपचारिक रूपमा कार्यभार सम्हाल्ने छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com