विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि गठबन्धनको आयु सकिने बताएका छन्। ‘निर्वाचनबाट बहुमत ल्याएर एमालेले सरकार बनाउँछ। त्यसपछि गठबन्धनको आयु सकिन्छ,’ विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘खरानीको डल्ला सरह रहेको गठबन्धन फुट्छ। अझ माओवादी त ५–७ सिटमा खुम्चिन्छ।’ उनले अहिलेको गठबन्धन मंसिर ४ बाट उता जानै नसक्ने जिकिर गरे।

शासकीय स्वरूप परिवर्तनको मागसहित माओवादी सडकमा जाने कुरा हल्ला मात्रै भएको उनको भनाइ छ। ‘अबको चुनावबाट माओवादी ५–७ सिटमा खुम्चिन्छ। अस्तित्व नै सकिएपछि सडकमा जान सक्ने अवस्थामै हुँदैन,’ उनले भने, ‘एमालेको बहुमतको सरकार बन्छ। गठबन्धन नै रहँदैन।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन २० वर्ष टिक्छ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै ओलीले भने, ‘हिजो छोरी बिकाउन १५ वर्ष भनेको र आज आफू बिक्नका लागि २० वर्ष भनेर हल्ला मात्र चलाइएको हो।’ गठबन्धन २० वर्ष टिक्छ भनेर कसैका श्रीमती, छोरी र ज्वाइँलाई जिताउन नचाहिने हिसाबले बाँडेको प्रलोभन राष्ट्रिय राजनीतिको विषय नबन्ने उनको भनाइ छ।

प्रकाशित मिति: १ मंसिर २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com