काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई बस्न सर्कुलर भएको हो ।

advertisement

उनीहरू सबैलाई चुस्ता पोसाक (बर्दी) मा बस्न सर्कुलर जारी भएको स्रोतले जनाएको छ ।

यसअघि आजै साँझ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग डेढ घण्टा छलफल गरेका थिए।

उक्त छलफलमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि सहभागी थिए ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com