काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफ्नो पक्राउ प्रतिशोधपूर्ण भएको बताएका छन्। पक्राउ हुनुअघि उनले आफ्ना कानुन व्यवसायीसँग कुराकानी गर्दै यसबारे तर्क राखेका थिए।

ओलीले कानुनी सल्लाहका लागि बोलाएका पूर्वमहान्यायधीवक्ता टीकाराम भट्टराईका अनुसार, ओलीले राजनीतिक रूपमा पार्टीले प्रतिवाद गर्ने र कानुनी रूपमा आफूहरूलाई तयारी गर्न आग्रह गरेका छन्।

advertisement

भट्टराईले भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ। राजनीतिक रूपमा पार्टीले प्रतिवाद गर्नेछ, कानुनी रूपमा तपाईंहरूले तयारी गर्नुहोस् भन्नुभएको छ।”

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com