काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी–१ का प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अहिलेको सरकार प्रतिसोधमा आधारित भएको दाबी गर्दै आगामी दिनमा आन्दोलन हुने बताएका छन्।
साम्पाङले भने कि रास्वपा सरकार नआएर कांग्रेस–एमाले सरकार आएको भए पनि राजनीति प्रतिसोधमै आधारित हुने थियो। उनले सामाजिक सञ्जालमा लेखेका छन्,
“मेरो कुरा ढिलो गरी बुझ्छन्! मैले ओखलढुङ्गाको कार्यक्रममा भनें – अरु जसले जिते पनि प्रतिशोधको राजनीति हुन्छ। प्रगतिको राजनीति केवल श्रम संस्कृति हो। अब हुने भनेको यही हो – आन्दोलन, आन्दोलन, अनि आन्दोलन!”
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया