काठमाडौं। सिंहदरबारको दक्षिण गेट पुगेर प्रदर्शन गरिरहेका नेकपा एमालेका कार्यकर्ताहरूलाई सुरक्षाकर्मीले लखेटेका छन् ।
बबरमहलबाट नाराबाजी गर्दै जिल्ला अदालततर्फको सडकबाट सिंहदरबार दक्षिण गेट पुगेका एमाले कार्यकर्ताहरूले निषेधित क्षेत्रमा प्रवेश गरेर नाराबाजी गर्न थालेपछि प्रहरी सुरक्षाकर्मीले लाठी चार्ज गरेको थियो ।
प्रहरीको लाठी चार्जबाट एक प्रदर्शनकारीको टाउकोमा चोट लागेको छ ।
हाल सिंहदरबार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया