काठमाडौं । पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज अस्पतालमै राखेर निगरानी गर्ने निर्णय गरिएको छ।

अस्पताल स्रोतका अनुसार ओलीको मुटुको चालमा असामान्यता देखिनुका साथै अन्य केही स्वास्थ्य समस्या पनि देखिएकाले चिकित्सकहरूले थप परीक्षण र निरन्तर निगरानी आवश्यक ठानेको बताइएको छ।

advertisement

हाल उनलाई अस्पतालको भिभिआइपी कक्षमा राखिएको छ भने चिकित्सक टोलीले स्वास्थ्य अवस्थाबारे निगरानी गरिरहेका छन्।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com