काठमाडौं। नेकपा (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छन् ।

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै पाठक केही समयअघि काठमाडौं प्रहरी परिसरबाट निवेदन दिएर सरकारी वकिलको कार्यालय पुगेकी हुन् । उनले विगत ११ वर्षदेखि बस्नेतले आफूमाथि यौन शोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छन् ।

advertisement

पाठकले २५ चैत २०८० मा बस्नेतविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेकी थिइन् । तर सरकारी वकिलले प्रमाण पर्याप्त नभएको भन्दै उक्त मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको थियो ।

सरकारी वकिलको उक्त निर्णयविरुद्ध शोभा पाठकले उच्च अदालतमा निवेदन दिएकी थिइन् । तर उक्त निवेदन अझै टुंगो लागेको छैन ।

यो घटनाले नेपाली राजनीतिक तथा सामाजिक वृत्तमा पुनः चर्चा पाएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com