काठमाडौं। बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार परराष्ट्र मन्त्रालय ले कार्यान्वयन प्रक्रिया सुरु गरेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता लोकबहादुर क्षेत्री का अनुसार कार्ययोजना अनुसार का विषयहरूमा अध्ययन र तयारी आजैदेखि अघि बढाइएको छ। नीति योजना महाशाखाले यस सम्बन्धमा आवश्यक अध्ययन सुरु गरिसकेको उनले जानकारी दिए।

advertisement

सरकारले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्कटहरूको प्रभाव अध्ययन गर्न अन्तरमन्त्रालयीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। उक्त कार्यदलले ३० दिनभित्र अध्ययन सम्पन्न गरी आवश्यक नीति तथा रणनीति तयार गर्नेछ। साथै, सात दिनभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन पेश गर्ने योजना पनि अघि सारिएको छ।

विश्वव्यापी रूपमा बढ्दो द्वन्द्वको असर नेपालमा कसरी पर्न सक्छ भन्नेबारे रणनीति तयार गर्ने जिम्मेवारी पनि मन्त्रालयले लिएको छ।

यसैबीच, मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्था बुझ्न अमृतबहादुर राई को संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी छन् र हालसम्म तीन वटा बैठक सम्पन्न भइसकेका छन्।

परराष्ट्र मन्त्रालयले विशेषगरी इरानसहित खाडी मुलुकहरूमा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको र आवश्यक परे फर्किन चाहने नागरिकलाई स्वदेश ल्याउने पहलसमेत भइरहेको जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com