काठमाडौं। लेन अनुशासन उल्लङ्घन गर्ने तथा ढोका खुल्ला राखेर सञ्चालन गरिएका सवारी साधनमाथि उपत्यका ट्राफिक प्रहरी कार्यालय ले कडाइ गरेको छ।

आइतबार गरिएको कारबाहीमा लेन अनुशासन उल्लङ्घन गर्ने र स्टप लाइन क्रस गरेर रोक्ने ११० वटा सवारी साधनलाई जरिवाना गरिएको छ। यसबाहेक ढोका खुल्ला राखेर यात्रु बोक्ने २८ वटा सार्वजनिक सवारीमाथि पनि कारबाही गरिएको छ।

advertisement

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदी का अनुसार आजदेखि उपत्यकामा ‘लेफ्ट लेन क्लियर’ अभियान सुरु गरिएको छ। यस अभियानअन्तर्गत सडकको बायाँ लेन खाली राखेर सवारी सञ्चालन गर्ने र तोकिएको स्थानमै रोकिने व्यवस्था लागू गरिने उनले बताए।

ट्राफिक प्रहरीले सडक अनुशासन सुधार र सवारी सञ्चालनलाई सुरक्षित तथा व्यवस्थित बनाउन यस्ता निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com