काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी समितिको जरुरी बैठक यही चैत १८ गते बुधबार दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिएका छन्।

advertisement

नेपाली कांग्रेस को केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा बस्न लागेको उक्त बैठकमा उपस्थिति हुनका लागि समितिका सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com