काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका हुन् ।

advertisement

महेश बस्नेतले सामाजिक संजालमा लेख्छन्- मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ।

तीन वर्षअघि नै एउटा फेक व्यक्तिलाई अगाडि सारेर मेरो विरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो। उक्त जाहेरी प्रहरी अनुसन्धानबाट नै फर्जी प्रमाणित भइसकेको छ, र सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट समेत अदालतले खारेज गरिसकेको छ।

सोही बिषयमा पुनः पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको छ्। यस्तो अवस्थामा फेरि उही व्यक्तिलाई प्रयोग गरेर तेस्रो पटक नक्कली जाहेरी दिन लगाई मलाई पक्राउ गर्ने योजना बनाएर मिडिया ट्रायल गरिँदैछ।

यो कार्य बालेन शाह नेतृत्वको निरंकुश र अधिनायकवादी शैलीको सरकार तथा गृहमन्त्री सुदन गुरुङ द्वारा सञ्चालित कुकर्म हो। यस्ता कार्यहरूको प्रतिफल उनीहरूले अवश्य भोग्नुपर्नेछ।

मेरो फोन अफ रहेको र म फरार भएको भन्ने प्रचार पूर्णतः भ्रामक र गलत हो। यस्ता हल्ला फैलाएर जनमत भ्रमित गर्ने प्रयास भइरहेको छ। यस्ता कुकर्महरूको परिणाम अन्ततः सम्बन्धित पक्षका लागि नै कठिन सावित हुनेछ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com