काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको तुरुन्त रिहाइ माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटको आज सुनुवाइ हुँदैछ। आइतबार दर्ता भएको रिटमा उनीहरू गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिएको छ, र सुनुवाइका लागि सोमबार पेसी तोकिएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकका तर्फबाट यशोदा लेखकले र ओलीका तर्फबाट राधिका शाक्यले निवेदन दर्ता गराएकी छन्।
उक्त आन्दोलनको दमनमा जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनको आधारमा हालको सरकारले शनिबार तत्कालीन प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीलाई पक्राउ गरेको थियो।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया