काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले घटेको छ।

आज छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।

advertisement

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँका किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com