काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेत ले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध आज पनि विरोध प्रदर्शन गर्न कार्यकर्तालाई आह्वान गरेका छन्।
उनका अनुसार काठमाडौंको माइतीघर मण्डला मा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु हुनेछ। आन्दोलनलाई सशक्त बनाउन उनले पार्टी पंक्तिलाई सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै ओलीमाथि गरिएको पक्राउलाई “प्रतिशोधपूर्ण कदम” भन्दै विरोध जनाएका छन्। उनले बालेन शाह नेतृत्वको सरकारमाथि अधिनायकवादी र निरंकुश ढंगले अघि बढेको आरोपसमेत लगाएका छन्।
महेश बस्नेत ले एमालेका नेता–कार्यकर्तालाई राजधानी प्रदेश कमिटीद्वारा आयोजना गरिएको विशेष प्रदर्शनमा व्यापक रूपमा सहभागी हुन अपिल गर्दै आन्दोलनलाई सशक्त बनाउने बताएका छन्।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया