काठमाडाैं । सुनसरी इटहरी उपमहानगरपालिका-१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का २२ वर्षीय विपीन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए। प्र१-०२-०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटनाहुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए। घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल दुर्घटना चालक दुहबी-९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तीव्रगतिका कारण दुर्घटनाभएको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया