काठमाडौं। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि तीव्र बनाएका छन् ।

खड्काले चैत १९ गते धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । त्यसअघि चैत १७ र १८ गते १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक पनि राखिएको छ ।

advertisement

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पूर्णबहादुर खड्काले यी समानान्तर बैठकहरू बोलाएका हुन् ।

देउवा पक्षले गगन थापालाई सभापतिको रूपमा अझै स्वीकार नगरेको अवस्थामा खड्काको यो कदमलाई गगन थापा नेतृत्वविरुद्धको कडा काउन्टरका रूपमा हेरिएको छ । यसअघि पनि खड्काको संयोजनमा डा. शेखर कोइराला लगायत शीर्ष नेताहरूले अलग–अलग बैठक र छलफल गर्दै आएका थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि पार्टीभित्रको विवाद थप चर्किएको थियो ।

देउवा पक्षको समानान्तर गतिविधि बढेपछि गगन थापा नेतृत्वले अनुशासन समितिको बैठक बोलाएको छ ।

यो घटनाक्रमले नेपाली कांग्रेस फेरि गम्भीर विभाजनको संघारमा पुगेको स्पष्ट संकेत दिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com