काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्रीले सिंहदरबारमा बोलाएको बैठकमा नजाने बताएका छन् । प्रतिनिधिसभाको बैठक बोलाउन माग गर्दै उनले कोठे बैठकमा आफ्ना पार्टीका सांसदहरू सहभागी नहुने बताएका हुन् ।
आज प्रधानमन्त्रीले सिंहदरबारमा कोशी प्रदेशका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गर्दैछन् । यसैका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको छ ।
‘प्रधानमन्त्रीले सदन बोलाउनतिर पहल नगरी कोठे बैठकमा बोलाउनुको कारण थाह भएन । हामी कोठे बैठकमा आउँदैनौँ,’ हर्क साम्पाङ ले भनेका छन्, ‘सदनको बैठक बोलाउनु पर्यो । हप्ताको १ चोटि कम्तीमा राख्नुपर्छ बैठक । जनताको प्रश्नहरुदेखि भाग्न पाइँदैन । सबै प्रश्नका उत्तर दिनैपर्छ । जय लोकतन्त्र ।’
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया