काठमाडौं। नेपाली कांग्रेसका निर्वमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूको अलग्गै भेला सुरु भएको छ ।
धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा आयोजित उक्त भेलामा देउवा–कोइराला पक्षका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको छ ।
भेलामा हालै सम्पन्न निर्वाचनमा नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन गर्ने कार्यक्रम छ । यसका साथै १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको बैठक पनि आयोजना गरिने भएको छ ।
यो भेला नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र समानान्तर गतिविधिका बीचमा आयोजना भएको हो । गगन थापा पक्ष र देउवा पक्षबीचको शक्ति संघर्ष चर्किँदै गएको अवस्थामा देउवा–कोइराला पक्षले आफ्नो तर्फबाट अलग्गै बैठक र भेला गर्दै आएको छ ।
भेलामा कांग्रेसको वर्तमान राजनीतिक स्थिति, पार्टी एकता र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार












प्रतिक्रिया