काठमाडौं । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ ।

नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा पक्राउ गरिएको र यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

ब्युरोका निर्देशक उत्तम सुवेदीले ग्लोबल नागरिकसँग भने, ‘पक्राउ पर्ने धेरै छन् । संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छाडिने छ ।’

पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ । पहिलो खेलबाट नै शंकास्पद देखिएका अनुहारहरुलाई निगरानीमा राखिएको र आज शुक्रबार पक्राउ गरिएको प्रहरी श्रोतले जनाएको छ ।

प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com