काठमाडौं। सन् नेपाल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार राजधानीको पुतलीसडकबाट नियन्त्रणमा लिएको हो।
सीआईबीका एक अधिकृतका अनुसार अर्याललाई केही समयअघि पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ। उनीमाथि लागेको आरोपबारे भने हालसम्म खुलाइएको छैन।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया