काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रियसभा सदस्य महन्थ ठाकुरबीच मंगलबार बिहान बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ।
लामिछानेलाई भेट्न ठाकुर स्वयं उनको निवास पुगेका थिए। भेटका क्रममा देशको वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास र प्राथमिकतामा राख्नुपर्ने योजनाहरूका विषयमा विस्तृत छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार पछिल्लो जनादेशअनुसार समग्र राष्ट्रिय विकासका लागि सहकार्य गर्दै अघि बढ्ने विषयमा दुवै नेताबीच समान समझदारी बनेको छ।
महन्थ ठाकुर जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षकसमेत हुन्। हाल रास्वपा देशको सबैभन्दा ठूलो राजनीतिक दल बनेको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया