काठमाडौं। संघीय संसद् सचिवालय ले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको जानकारी सांसदहरूलाई गराएको छ।
संघीय संसद् सचिवालय का महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैका सांसदहरूलाई तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ।
सूचनाअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०८२ साल चैत १९ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ।
प्रतिनिधि सभाको बैठक निर्माणाधीन संघीय संसद् भवनको स्थानमा रहेको बहुउद्देश्यीय कक्षमा बस्ने र राष्ट्रिय सभाको बैठक सिंहदरबारस्थित राष्ट्रिय सभा कक्षमै बस्ने जनाइएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया