काठमाडौं। इरानको मशहद विमानस्थलमा पार्किङ अवस्थामा रहेको महान एयर (इरान एयरलाइन्स) को एक विमानमा अमेरिकी हवाई आक्रमण हुँदा उक्त विमान क्षतिग्रस्त भएको छ।

समाचार एजेन्सीका अनुसार विमानस्थलमा पार्किङ अवस्थामा रहेको उक्त विमान भारतको नयाँ दिल्ली जान तयारीमा थियो। विमानमा विभिन्न देशबाट मगाइएका औषधि तथा चिकित्सा उपकरणहरू थिए, जसलाई राहत सामग्रीका रूपमा वितरण गर्ने योजना थियो।

advertisement

इरानी अधिकारीहरूले यो घटनालाई युद्ध अपराध र अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लंघन भनेका छन्।

भारतस्थित इरानी दूतावासले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा लेखेको छ, “यो विमान मानवीय अभियानमा संलग्न थियो। नागरिक विमानलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय उड्डयन नियमहरूको उल्लंघन हो र मानवीय कानुनका सिद्धान्तहरूविपरीत हो।”

दूतावासले थप उल्लेख गरेको छ कि शिकागो कन्वेन्शन (१९४४) र मोन्ट्रियल कन्वेन्शन (१९७१) अनुसार नागरिक विमानको सुरक्षाविरुद्ध गरिने कुनै पनि कार्य अन्तर्राष्ट्रिय अपराध मानिन्छ।

इरानी दूतावासले सिभिल एभिएसन अर्गनाइजेशनसहित अन्तर्राष्ट्रिय संस्थाहरूसँग अपिल गर्दै घटनामा तुरुन्त छानबिन गरी जिम्मेवार पक्षलाई कारबाही गर्न र भविष्यमा यस्ता घटना रोक्न माग गरेको छ।

अमेरिकी पक्षले भने यो आक्रमणको पुष्टि गरेको छैन।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com