काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ)का महानिरीक्षक (आईजीपी) राजु अर्याल नेतृत्वको टोलीसँग छलफल गरेका छन्।
गृहमन्त्रालयमा भएको उक्त बैठकमा मन्त्री गुरुङले सीमा सुरक्षा तथा गस्तीलाई थप प्रभावकारी र कडाइका साथ सञ्चालन गर्न निर्देशन दिएका छन्।
यससँगै सम्भावित विपद् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे पनि विस्तृत रूपमा छलफल गरिएको छ। विपद्को जोखिम न्यूनीकरण, आवश्यक स्रोत साधनको व्यवस्थापन र सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको मन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी, मन्त्री गुरुङले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै यसतर्फ कडा निगरानी र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया