काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले नेकपा एमालेका कार्यकर्ताबाट दुर्व्यवहारमा परेका ज्येष्ठ नागरिकसँग भेट गरेका छन् ।

मंगलबार ललितपुरस्थित उनकै निवासमा पुगेर गृहमन्त्री गुरुङले भेट गरेका हुन् ।

advertisement

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए।

सडकपेटीमा हिँडडुल गरेका जेष्ठ नागरिकमाथि हातपात गरेको आरोपमा ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने आरबी शर्मा भनिने राम शरण शर्मा बजगाईं पक्राउ पनि परेका छन् ।

गृहमन्त्री भेट्न पुगेपछि पीडित ज्येष्ठ नागरिकले आफूलाई पीडामा भएको बेलामा साथ दिएको भन्दै धन्यवाद समेत दिएका छन् ।

 

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com