काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सैन्य कारबाही छिट्टै अन्त्य हुने र अमेरिकी सेना दुईदेखि तीन हप्ताभित्र फिर्ता हुन सक्ने बताएका छन् ।

उनका अनुसार, अमेरिका आफ्नो मुख्य उद्देश्य पूरा भएपछि इरान छोड्ने तयारीमा छ र यसका लागि कुनै औपचारिक सम्झौता आवश्यक छैन ।

advertisement

ट्रम्पले ‘हामी धेरै चाँडै बाहिरिन्छौँ, सम्भवतः दुई वा तीन हप्ताभित्र’ भन्दै छिटो फिर्तीको संकेत दिएको अल जजिराको समाचारमा उल्लेख छ ।

इरान युद्ध पाँचौं हप्तामा प्रवेश गरिरहेका बेला यस्तो घोषणा आएको हो, जसले क्षेत्रीय स्थिरता र विश्व ऊर्जा बजारमा असर पारिरहेको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com