काठमाडौं । जेन- जी आन्दोलनका क्रममा गम्भीर घाइते भएका दौलत थापाको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि सरोकारवालाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। यसै सन्दर्भमा जेन जी प्रतिष्ठानका अध्यक्ष श्याम अधिकारीले नव नियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहेतालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

ध्यानाकर्षण पत्रमार्फत आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार, राहत तथा पुनर्स्थापनामा सरकारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरिएको छ। विशेषगरी गम्भीर अवस्थामा रहेका दौलत थापाको उपचारमा तुरुन्त पहल गर्न आग्रह गरिएको थियो।

advertisement

पत्र बुझ्दै मन्त्री निशा मेहेताले समस्याको गम्भीरता बुझ्दै तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मन्त्रालयस्तरमा सचिवको नेतृत्वमा आवश्यक कार्यदल गठन गरी गम्भीर घाइतेहरूको उपचार तथा सहयोगका लागि प्रभावकारी कदम चालिने बताए। साथै, मन्त्रालयले आफ्नो जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्ने स्पष्ट पारेका छन्।

उक्त ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा जेन जी घाइतेका अध्यक्ष विजेश तामाङ, राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड तथा केन्द्रीय सामुदायिक वन, पर्यापर्यटन प्रवर्द्धन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल, जेन जी प्रतिष्ठानका सचिव डा. जगत वि.क लगायत अन्य घाइते तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

जेन जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्था र उनीहरूको उपचार व्यवस्थापनबारे सरकारको सक्रियता कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय अहिले आम चासोको विषय बनेको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com