काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई तारेख लिएका छन्।

सहकारी ठगीसम्बन्धी मुद्दाका सिलसिलामा उनी मंगलबार अदालत पुगेका हुन्। अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार लामिछाने तारेख बुझेर केही समयअघि फर्किएका छन्।

advertisement

पर्सास्थित ‘सानो पाइला’ सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा उनीविरुद्ध मुद्दा दायर भएको छ।

लामिछाने फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com