बारा। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ क्षेत्रमा आज दिउँसो दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ।

मृतकहरू सर्लाहीको लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल, गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो। तर अस्पताल पुग्नेबित्तिकै चिकित्सकले दुवै चालकको मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश २–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ३–००४प ३६६१ नम्बरको मोटरसाइकल निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा एकआपसमा ठोक्किएका थिए। दुर्घटनाका बेला ढुङ्गानाले ९८२४ नम्बरको र श्रेष्ठले ३६६१ नम्बरको मोटरसाइकल चलाइरहेका थिए।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com