वासिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन्।

बेलायती पत्रिका द टेलिग्राफसँगको अन्तर्वार्तामा उनले नेटोलाई “कागजको बाघ” को संज्ञा दिँदै यसको कडा आलोचना गरेका छन्। उनले बेलायतसँग प्रभावकारी नौसेना नै नभएको दाबी पनि गरेका छन्।

advertisement

पश्चिम एसियामा जारी द्वन्द्वपछि अमेरिकाले नेटो सदस्यताबारे बाहिरिने विषयमा पुनः विचार गर्ने हो कि भन्ने प्रश्नमा ट्रम्पले यो विषय पुनर्विचारभन्दा पनि अघि बढिसकेको संकेत दिएका छन्। उनले आफू कहिल्यै पनि नेटोबाट प्रभावित नभएको र यसलाई सधैँ कमजोर संगठनका रूपमा बुझ्दै आएको बताएका छन्।

उनका अनुसार यो अवस्थाबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत जानकारी रहेको छ। बेलायतका युद्धपोततर्फ संकेत गर्दै उनले ती निकै पुराना भएको र विमानवाहक जहाजहरूले प्रभावकारी रूपमा काम नगर्ने बताएका छन्।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com