काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ले जिल्ला प्रहरी परिसर, काठमाडौंको निरीक्षण गर्दै प्रहरीलाई जिम्मेवारीपूर्वक पारदर्शी भएर जनहितमा काम गर्न निर्देशन दिएका छन्। निरीक्षणका क्रममा उनलाई उच्चपदस्थ प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए।

निरीक्षणपछि उनले समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न आफ्नो भूमिका प्रहरीलाई जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। कर्तव्यपालनका क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै उनले आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरी ले देखाएको दक्षताको प्रशंसा गरेका छन्।

advertisement

गृहमन्त्री गुरुङले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन शिष्ट बोली, व्यवहार र मित्रवत् सम्बन्ध आवश्यक रहेको बताएका छन्। नागरिकका समस्या समाधानमा विनम्रता अपनाउँदै काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले समाजमा प्रहरीप्रति सकारात्मक दृष्टिकोण विकास गर्न उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण हुने उल्लेख गरेका छन्। साथै नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिँदै विभिन्न विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि त्यही सक्रियता कायम राख्नुपर्ने बताएका छन्।

प्रहरीलाई थप सशक्त र आत्मनिर्भर बनाउन आवश्यक साधनस्रोतको व्यवस्था तथा समयानुकूल तालिम उपलब्ध गराउने प्रतिबद्धता पनि गृहमन्त्री गुरुङले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com