काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर गरेको रिट निवेदन उच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश सोमकान्त मैनाली र केशव अधिकारीको संयुक्त इजलासले रिट खारेज गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको मुद्दा नचलाउने निर्णयलाई सदर गरेको हो।

advertisement

यसअघि शोभा पाठकले महेश बस्नेतविरुद्ध जबरजस्तीकरणको आरोप लगाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन्। तर, पर्याप्त आधार नपुगेको भन्दै सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध उनी उच्च अदालत पुगेकी थिइन्।

उच्च अदालतको यस फैसलासँगै बस्नेतविरुद्ध लगाइएका आरोपहरू औपचारिक रूपमा खारेज भएका छन्।

फैसलापछि बस्नेतले विगत तीन वर्षदेखि भोग्दै आएको दुःख अन्त्य भएको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत झुटा आरोप र बनावटी विवरणका आधारमा राजनीतिक पूर्वाग्रह राखेर आफूलाई फसाउने प्रयास गरिएको दाबी गरेका छन्।

उनका अनुसार प्रारम्भिक उजुरी नै खारेज भइसकेपछि ‘पूरक जाहेरी’का नाममा गरिएको दोस्रो प्रयास पनि उच्च अदालतबाट अस्वीकृत भएको हो। साथै, आफूविरुद्ध चरित्रहत्या गर्ने र परिवारलाई समेत अनावश्यक पीडा दिने काम भएको उल्लेख गर्दै उनले यससम्बन्धी घटनामा कानुनी उपचार खोज्ने बताएका छन्।

यसैबीच, उनले सुधन गुरुङको निर्देशनमा आफूलाई पक्राउ गर्ने प्रयास गरिएको आरोपसमेत लगाएका छन्।

 

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com