काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले पार्टीले सरकारविरुद्ध अपनाउँदै आएको विरोधको शैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। संसदीय दलको नेता चयनपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले प्रतिपक्षको भूमिकामा रहेको एमालेले सरकारलाई केवल विरोध गर्ने होइन, रचनात्मक सहयोगसँगै प्रभावकारी खबरदारी गर्नुपर्ने बताए। ‘प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्दा सन्तुलित र जिम्मेवार शैली आवश्यक हुन्छ, हालको विरोधको तरिका भने सुधार गर्नुपर्ने देखिन्छ,’ उनले भने।

advertisement

अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध एमाले देशभर आन्दोलनमा उत्रिएको सन्दर्भमा नेम्वाङको यस्तो अभिव्यक्ति आएको हो।

यसैबीच, सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा आफूभन्दा अन्य उम्मेदवार योग्य ठहरिएको स्वीकार गरेका छन्। रामबहादुर थापा ‘बादल’ निर्विरोध रूपमा संसदीय दलको नेतामा चयन भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रतिस्पर्धाका लागि उनले प्रस्तावक र समर्थकसमेत जुटाउन सकेनन्।

नेता चयनपछि नेम्वाङले भने, ‘पार्टीभित्र लोकतान्त्रिक अभ्यासको प्रयास मात्र गरेको हुँ। कुनै दबाब आएको छैन। मैले सोचेअनुसार भएन, तर अर्को उम्मेदवार योग्य रहेको पुष्टि भएको छ।’

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com