काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता चयन प्रक्रियाप्रति आपत्ति जनाएका छन्। उनले पार्टीभित्रको यस शैलीले सदस्यहरूमा चिन्ता र असन्तोष बढाएको बताएका छन्।

बुधबार एमाले संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा निर्विरोध चयन भएका थिए। यसअघि सांसद सुहाङ नेम्वाङले नेताको लागि आकांक्षा राखेका थिए। तर उनी प्रस्तावक र समर्थक नपाउँदा अन्ततः थापा निर्विरोध रूपमा चयन भए।

advertisement

यो घटनालाई इंगित गर्दै योगेश भट्टराईले भने, ‘निर्वाचनको शैलीले पार्टीलाई गम्भीर धक्का पुर्‍याएको छ। पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा परेका परिस्थितिमा हाम्रो आन्दोलन बहुआयामिक चुनौतीहरूको सामना गर्दैछ। यस्तो अवस्थामा संसदीय दलको नेताको चयन प्रक्रियाले सदस्यहरूमा थप चिन्ता र असन्तोष सिर्जना गरेको छ।’

भट्टराईले थपे, ‘संसदीय दलको नेता चयन गर्दा केही दिन समय लिएर पार्टी नेतृत्व र सांसदहरूबीच छलफलमार्फत उच्च स्तरको समझदारीमा पुग्न सकिन्थ्यो। तर दबाबमा राखेर गरिएको यो प्रक्रिया उपयुक्त रहेन।’

उनको टिप्पणीले एमालेभित्र नेताको चयन प्रक्रिया र आन्तरिक लोकतान्त्रिक अभ्यासलाई लिएर उठेका प्रश्नहरूलाई पुनः ध्यानमा ल्याएको छ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com