काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई कमजोर पार्ने उद्देश्यअनुसार सबै खाले रणनीति र प्रयोग भइरहेको बताएका छन्।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समूहको बैठकमा उनले यस्तो धारणा राखेका हुन्।
कोइरालाले भने, ‘संस्थापन पक्षसँग सहमति गर्न हामी तयार छौँ, तर झुकेर सहमति दिने कुनै योजना छैन।’ उनका अनुसार यो सन्देश खासगरी गगन थापातर्फ लक्षित थियो।
बैठकमा सहभागी एक नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘कांग्रेसमा ‘कन्ट्रोल्ड डेमोक्रेसी’को अभ्यास भइरहेको छ। सहमति गर्न सकिन्छ, तर झुकेर होइन। पार्टीलाई कमजोर पार्ने डिजाइनअनुसार सबै प्रकारका प्रयोग भैरहेका छन्।’
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार













प्रतिक्रिया