काठमाडौं । वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएपछि रुसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई दिएका छन्।

बुधबार पठाइएको सन्देशमार्फत उनले रुसको सङ्घीय सरकार र व्यक्तिगत रूपमा प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गरेका हुन्। सन्देशमा उनले शाहको नेतृत्वमा नेपाल–रुस सम्बन्ध अझै मजबुत हुने विश्वास व्यक्त गर्दै मित्रता, आपसी सम्मान र पारस्परिक हितको भावना थप सुदृढ हुने बताएका छन्।

advertisement

त्यस्तै, दुई देशबीच सरकारी तहमा हुने सहकार्यले व्यापार, अर्थतन्त्र, लगानी, संस्कृति तथा मानवीय क्षेत्रमा सहयोग विस्तार गर्न सहयोग पुग्ने उल्लेख गरिएको यहाँस्थित रुसी दूतावासले जनाएको छ।

प्रधानमन्त्री मिशुस्टिनले यस्तो सहकार्य दुवै देशका दीर्घकालीन हितमा हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहको सुस्वास्थ्य, सुख, समृद्धि र सफल कार्यकालको कामना गरेका छन्।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com