काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई लक्षित अभियानको रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सम्बन्धित विभागका प्रमुखहरूले हाल सञ्चालनमा रहेका चुहावट नियन्त्रणका गतिविधिहरूबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए।

advertisement

बैठकमा उपस्थित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावट रोक्न ‘शून्य सहनशीलता’ अपनाउने स्पष्ट निर्देशन दिएका थिए।

साथै मन्त्रीहरूले सीमामा सूक्ष्म निगरानी राख्ने, बजार अनुगमनमा केन्द्रित हुने र बोर्डर भित्र तथा बाहिर हुने राजस्व चुहावटलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने निर्देश पनि दिएका छन्।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेयका अनुसार, राजस्वको लक्ष्य हासिल गर्न टास्क फोर्स गठन गरिनेछ र कार्ययोजना अनुरूप नियमित रूपमा नतिजा देखिने गरी काम अघि बढाइनेछ। साथै, अर्को बैठकमा प्रगति समीक्षा गरिनेछ।

बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पठाइने व्यवस्था पनि गरिएको छ। बैठकमा अर्थमन्त्री, गृहमन्त्री, विभागीय प्रमुखसँगै तीनवटै सुरक्षा निकायका प्रमुखहरू पनि उपस्थित थिए।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com