काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी मागेका छन्।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा सम्बोधन गर्दै लामिछानेले सदियौँदेखिको अन्याय र विभेदको क्षतिपूर्ति स्वरूप हात जोडेर माफी मागेका हुन्।
उनले भने, ‘गल्ती भयो कि भएन भनेर अन्योलमा परेका खगेन्द्र सुनारले माफी मागे। तर खगेन्द्रमाथि सदियौँदेखिको अन्याय भएको छ भने हामीले माफी माग्नुपर्छ कि?’
संसद्मा सरकारले पनि दलित समुदायसँग माफी मागेको उल्लेख गर्दै उनले भने, ‘यो सरकार शताब्दियौँदेखि जारी विभेद, अन्याय र अत्याचारका लागि सार्वजनिक र सामूहिक माफी माग्दैछ, त्यो पनि यही सदनबाट।’
लामिछानेले दलित समुदायले भोगेको विभेद र अन्यायलाई संगठित अपराधको रूपमा व्याख्या गर्दै जोड दिए, ‘अब कुनै पनि नेपाली जातका आधारमा कसैलाई अपमानित महसुस गराइने छैन।’
प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया