काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवन ले यहाँको मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने र सर्वसाधारणलाई दुःख दिने २० जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज मालपोत कार्यालय चितवनमा सेवा लिन आएका सर्वसाधारणलाई अवरोध गर्ने १६ जना बिचौलियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

advertisement

खनालका अनुसार भरतपुर अस्पताल अगाडि बसी आवतजावत गर्ने यात्रीहरूलाई दुःख हैरानी दिने चार जना सवारी साधनका चालक तथा सहचालकहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो। सार्वजनिक सेवालाई मर्यादित बनाउन र बिचौलियाको प्रभाव कम गर्न प्रहरीले यस्तो कदम चालेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ चैत्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com