काठमाडौँ। संघीय संसद सचिवालयले चैत २२ गते हुने प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने जनाएको छ। सचिवालयले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ।
त्यसैगरी, दर्ता भएका उम्मेदवारहरूको सूची दिउँसो २:३० बजे प्रकाशन गरिने कार्यक्रम छ। चैत २२ गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने तय गरिएको छ।
यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए, जसलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
प्रतिनिधिसभामा रास्वपाको बहुमत रहेकाले अर्याल सभामुख निर्वाचित हुने लगभग निश्चित देखिएको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया