काठमाडौं । कलाकार सागर लम्सालमाथि एक युवतीले बलात्कारको गम्भीर आरोप लगाएकी छन्। अमेरिका बसोबास गर्दै आएकी ती युवतीले सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गरेकी हुन्।

पीडितका अनुसार करिब एक वर्षअघि कार्यक्रमका क्रममा अमेरिका पुगेका लम्सालले आफूलाई बलात्कार गरेको आरोप छ। उनले लम्साललाई लामो समयदेखि चिन्ने र दाइसरह विश्वास गर्ने व्यक्ति भएकाले आफ्नो अपार्टमेन्ट देखाउन लगेकी बताएकी छन्। त्यही क्रममा आफ्नो व्यक्तिगत स्वास्थ्य र संघर्षका कुरा साझा गर्दा घटनाले अप्रत्याशित रूप लिएको उनको भनाइ छ।

advertisement

उनले लेखेकी छन् कि आफूले अत्यन्त विश्वास गरेको व्यक्तिबाटै यस्तो व्यवहार भोग्नुपर्दा मानसिक रूपमा गम्भीर असर परेको छ। घटनापछि आफू बोल्न नसक्ने अवस्थामा पुगेको, परिवारलाई भन्न डर लागेको र भित्रभित्रै पीडा सहनुपरेको उनले उल्लेख गरेकी छन्।

पीडितले उक्त घटनाले आफ्नो दैनिक जीवन प्रभावित बनाएको, सामान्य रूपमा सास फेर्न र खानसमेत गाह्रो भइरहेको अनुभूति भएको उल्लेख गरेकी छन्। साथै, आफूले न्याय पाउने आशा कम भएको र लड्ने हिम्मत पनि कमजोर भएको बताउँदै भविष्यमा अरू कसैले यस्तो पीडा भोग्न नपरोस् भन्ने चाहना व्यक्त गरेकी छन्।

उनले आफू सानैदेखि डिप्रेसन र एन्क्साइटीसँग संघर्ष गर्दै आएको पनि खुलाएकी छन्।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा कलाकार सागर लम्सालसँग सम्पर्क हुन नसकेको जनाइएको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com