काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नउठाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार जनमतको सम्मान गर्दै कांग्रेसले सभामुख पदमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेको हो।

advertisement

उनले संसदलाई सहमति, सहकार्य र सहअस्तित्वको थलोका रूपमा कायम राख्ने उद्देश्यले उम्मेदवारी नदिने निर्णय गरिएको स्पष्ट पारे।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com