काठमाडौं। सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नभई विद्यार्थी भर्ना नगर्न सरकार तथा सम्बन्धित सरोकारवालाहरूका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

शैक्षिक सत्र सुरु नहुँदै केही विद्यालयले विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै दायर भएको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यो आदेश जारी गरेको हो ।

advertisement

रिटमा शैक्षिक सत्र सुरु नभई कतिपय विद्यालयले प्रवेश परीक्षा सञ्चालन गर्ने र प्रतिस्पर्धा प्रक्रियाको नाममा सूचना जारी गरेको उल्लेख गरिएको थियो ।

सर्वोच्च अदालतको यो अन्तरिम आदेश ले शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना तथा प्रवेश परीक्षा सञ्चालन गर्ने प्रवृत्तिमा रोक लगाएको छ ।

यो आदेशसँगै अब विद्यालयहरूले शैक्षिक सत्र आधिकारिक रूपमा सुरु भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउनुपर्ने भएको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com