भक्तपुर । आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी भनेर चिनाउँदै एक व्यक्तिलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–३ का ५३ वर्षीय दीपक खड्का रहेका छन्।

advertisement

प्रहरीका अनुसार, गत माघ २८ गते खड्काले भक्तपुरको सूर्यविनायक नगरपालिका–५ निवासी ४७ वर्षीय पूर्णबहादुर थापाको घरमा पुगेर आफू अनुसन्धान विभागको प्रहरी भएको भन्दै परिचय दिएका थिए। त्यसपछि उनले थापालाई होटलमा लगेर डर, धाक र धम्की दिँदै बन्धक बनाएको अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रहेका खड्कालाई खोजी गर्ने क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–८ गौशाला क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार, खड्कामाथि ‘अपहरण तथा शरीर बन्धक’ सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com