काठमाडौं । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थी संगठनहरू खारेज गर्ने तथा तिनीहरूमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको नेकपा एमालेले कडा विरोध गरेको छ।
शुक्रबार ललितपुरको च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयप्रति आपत्ति जनाएको हो।
महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारलाई उक्त निर्णयबाट तत्काल पछि हट्न आग्रह गरिएको छ।
‘वर्तमान सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने र तिनीहरूमाथि प्रतिबन्ध लगाउने निर्णयप्रति हाम्रो कडा आपत्ति छ। यस निर्णयबाट अविलम्ब पछि हट्न सरकारलाई ध्यानाकर्षण गराइएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार










प्रतिक्रिया