काठमाडौँ । प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न विशेष अपरेसन सञ्चालन गरेको छ । सो क्रममा गएराति काठमाडौँका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १७ जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले १३ जनालाई पक्राउ गरेको हो । एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये अधिकांश ‘काभ्रेली समूह’सँग आबद्ध रहेको जनाइएको छ ।

advertisement

पक्राउ पर्नेमा सञ्जि लामा, सिन्धुपाल्चोकका अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ लगायत रहेका छन् । सुरेश गुरुङ गुन्डा नाइके श्याम लामा समूहका सदस्य हुन् भने श्याम लामा हाल फरार रहेका छन् ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ । एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ रहेका छन् ।

प्रहरीका अनुसार प्रवीण तामाङ बौद्ध क्षेत्रमा सक्रिय रहँदै श्याम लामा समूहसँग आबद्ध छन् । त्यस्तै, बिर्जु महर्जन कालंकी र बाफल क्षेत्रमा, सुजन कार्की कलंकी क्षेत्रमा तथा सरु हुमागाईँ स्युचाटार क्षेत्रमा गुण्डागर्दी गतिविधिमा संलग्न रहेको बताइएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com